Comments Add Comment

कोरोना खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

८ असार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय मुलुकमा डेल्टा भेरियन्टको संक्रमण बढिरहेको समयमा डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

‘तपाईंले छान्न सक्नुहुन्छ : कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’, सोमबार प्रसारित भिडियोमा उनले भनेका छन् । फिलिपिन्सले गत मार्च महिनामा कोरोना खोप अभियान सुरु गरेको थियो ।

फिलिपिन्सका मानिसहरुमा कोरोना खोप लगाउनको लागि खासै आकर्षण देखिएको छैन । यद्यपि फिलिपिन्समा अहिले फाइजर र बायोएनटेकको कोरोना खोपको अभाव देखिएको छ ।

यसअघि गत वर्ष कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको पालना नगर्नेलाई डुटेर्टेले गोली हान्ने चेतावनी दिएका थिए ।

११ करोड जनसंख्या रहेको फिलिपिन्समा सोमबारसम्ममा केवल १.९५ प्रतिशत मानिसले मात्र कोरोनाको दुवै डोज खोप लगाएका छन् । सोमबारसम्ममा फिलिपिन्समा १३ लाख कोरोना संक्रमित फेला परिसकेका छन् भने सक्रिय संक्रमितको संख्या ५६ हजार छ ।

यसअघि डुटेर्टेले खोप लगाउन अस्वीकार गर्ने मानिसहरुलाई भारत वा अमेरिकाजस्ता मुलुकमा जान सुझाव दिएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment