Comments Add Comment

विष्णु पौडेलको उपप्रधानमन्त्री पद कायमै*

८ असार, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदरको आदेश गर्दा अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद भने कायमै रहेको छ ।

सर्वोच्चको आदेशमा मन्त्रिपरिषद विस्तारमा परेका प्रतिनिधिसभा विघटन हुनुअघिसम्म कायम रहेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल तथा मन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ, लीलानाथ श्रेष्ठबाहेकका बाँकी उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु र राज्यमन्त्रीलाई काम नगर्नु नगराउनु भनी उल्लेख गरिएको छ ।

सर्वोच्च अदालतको आदेशमा २० मन्त्री पदमुक्त भएपछि अब मन्त्रिपरिषद प्रधानमन्त्रीसहित पाँच सदस्यीय भएको छ ।

*यसअघिको समाचारमा भूलवश विष्णु पौडेल मन्त्री मात्रै भनी उल्लेख हुन पुगेकाले क्षमा माग्दै सच्याएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment