Comments Add Comment

युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

८ असार, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा असार ३ गते शंकास्पद अवस्थामा बरैनिया बजार भरवलिया टोल बस्ने २५ वर्षीय वीरेन्द्र बैठाको शव भेटियो ।

बैठाको शरीरको बिभिन्न भागमा प्रहार गरेको निलडाम देखियो । कर्तव्य गरी मारी शव घिसारी बाटो छेउमा फालेको जस्तो देखिएपछि प्रहरीले अनुसन्धान सुरु ग¥यो ।

घटनाको पाँचौ दिन ८ असारमा प्रहरीले हत्यामा संलग्नको आरोपमा पक्राउ परेका दुई अभियुक्त सार्वजनिक गरेको छ ।

विश्रामपुर गाउँपालिका– २ बरैनिया टोल बस्ने ७२ वर्षीय जंगी वीरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका–३ फुलबरिया टोल घर भएका ३५ वर्षीय पारस महतो धानुक पक्राउ परेका हुन् । दास बाबा स्थानीय हनुमान मन्दिरको पुजारी हुन् ।

पुजारीले आफूले हत्या गरेको स्वीकार गरेका बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

हनुमान मन्दिरको प्राङ्गणमा बालुवा थुपारेको ठाउँमा रगत देखिएपछि प्रहरीले मन्दिरको पुजारी बाबा र स्थानीय युवक पारसलाई नियन्त्रण लिएर सोधपुछ गरेको थियो ।

अभियुक्तले दिएको बयानअनुसार मृतक बैठा यसअघि पनि मन्दिर परिसरमा प्रवेश गरी गाँजा तथा पैसा चोरी गर्ने गरेका थिए । पुजारीले कुटपिट गरी लखेटने गर्थे । असार ३ गते बिहान २ बजे पनि बैठा मन्दिर क्षेत्रमा प्रवेश गरे ।

त्यस दिन पुजारीले फलामको चिम्टाले हिर्काउँदा बैठा लडेको र मन्दिरमा नै बस्ने पारसले बाँसको भाटाले हानेपछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

बैठाको मृत्युपछि अपराधबाट बच्ने उद्देश्यले उनीहरुले शव घिसारी बाटो छेउमा लगेर फालेको पाइएको डीएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment