Comments Add Comment

बाजुङ समाज हङकङद्वारा पर्वतको स्वास्थ्यचौकीलाई सहयोग

८ जेठ, पोखरा । बाजुङ समाज हङकङले पर्वतको मोदी गाउँपालिका–५ को बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लोब्स, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ र चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल तथा स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर भने केही दिनमै स्वास्थ्य चौकीमा उपलब्ध हुने समाजले जनाएको छ ।

करिब एक लाख रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ मिलनले जानकारी दिए ।

संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मिलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मिलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment