+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारले निजी अस्पतालमा उपचार गराउने संक्रमितको खर्च नबेहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते २०:३५

८ असार, काठमाडौं । सरकारले निजी अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको उपचार खर्च नबेहोर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले मंगलबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको बताएका छन् ।

सूचनामा भनिएको छ, ‘कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराइने छ ।’

अब उपरान्त सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुलाई मात्रै कोभिड–१९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ ।

कोरोना महामारी उत्कर्षमा पुगेको बेला सरकारले कोभिड–१९ उपचारका लागि तोकिएका सरकारी तथा सेवा सम्झौता गरेका निजी अस्पताललाई उपचारबापतको खर्च सोधभर्ना गराउने निर्णय गरेको थियो ।

हेर्नुहोस् मन्त्रालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?