+
+

‘सत्यनारायणकी कथा’मा कार्तिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १२:३५

एकपछि अर्को चलचित्र छाडेको खबर बाहिरिरहेको अवस्थामा बलिउड नायक कार्तिक आर्यनले नयाँ चलचित्र साइन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

धर्मा प्रोडक्शन र रेड चिल्ली इन्टरटेन्मेन्टको चलचित्र छाडेपछि कार्तिकको करिअर बलिउडमा हल्लिन थालेको चर्चा भैरहेको थियो । यही विचमा कार्तिकले साजिद नाडियाडवाला र नमह पिक्चर्सले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘सत्यनारायणकी कथा’ साइन गरेका हुन् ।

राष्ट्रिय चलचित्र अवार्ड जितिसकेका निर्देशक समिर विद्यवानले यो चलचित्रको निर्देशन गर्दैछन् । नाडियाडवालाले पहिले पटक कार्तिकसँग सहकार्य गर्न लागेका हुन् । यो चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा बनाउने तयारी गरिएको छ ।

कार्तिकले आफूले साजिदसँग काम गर्न चाहिरेको बताउँदै यो प्रोजेक्टमा जोडिन पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । चलचित्रका लागि अन्य कलाकार पक्का गरिएको छैन । तर, एकपछि अर्को चलचित्र कथाकै कारण छाडेका कार्तिक यो चलचित्रको कथालाई लिएर भने उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?