
९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा मानिसहरुको गतिविधि नियन्त्रणमा कडाइका थप नियम लगाइएको छ ।
सिड्नीमा संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमणपाइएसँगै बुधबाटबाट प्रतिबन्ध हटाइएको हो । यससँगै अब अष्ट्रेलियाको कार्यालयहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
सिड्नीबाट न्युजिल्याण्ड पुगेका मानिसमा पनि कोरोना संक्रमण पाइएसँगै राजधानी विलिङगन टनमा अलर्ट जारी गएिको छ । सिड्नीमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणपछि ३० भन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
यससँगै न्युजिल्याण्डले अष्ट्रेलियाबाट आएका मानिसले क्वारेन्टिनमा बस्नु नपर्ने नियम हटाएको छ ।सिड्नीमा अब मानिसहरुको भेला तथा अन्य सामाजिक गतिविधिमा पनि रोक लगाइएको छ ।
आवश्यक कामबाहेक अन्य कामका लागि घरबाहिर जाने अनुमति दिइएको छैन । केही विद्यालयको पढाइ अनलाइनबाट मात्र सुरु गरिएको छ ।
सिड्नी र त्यसको आसपासका क्षेत्रबाट आउने मानिसहरुलाई भिक्टोरिया र क्विन्सल्याण्डले रोक लगाएका छन् । साउथ अष्ट्रेलियाले भने सीमा बन्द गरिसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4