+
+

एडिएले डाटा ड्रिभन मार्केटिङ सेवा प्रदान गर्न आउटरिचसँग सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १५:३४

एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्राण्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवर्द्धन अभ्यासको थालनी गर्ने भएको छ।

दक्षिण र दक्षिण पूर्वी एशियामा पहिलेदेखि नै प्रभावकारी रुपमा संचालित एडिए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइड संस्था हो। जसले विभिन्न प्रकारका ब्राण्डहरुका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्छ।

एडिएले आफ्नो डाटा ड्रिभन एप्रोचको साथ ३७५ मिलियन ग्राहकहरुलाई उनीहरुको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको छ। आउटरिच नेपाल, नेपालमा सर्वाधिक पुरस्कृत विज्ञापन एजेन्सी हो।

यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्राण्डहरुका लागिसिर्जनात्मक विज्ञापन अभियानहरुमा काम गर्दै आएको छ।

आउटरिचले “क्यामपेन साउथ एसिया इनडिपेनडेन्ट एजेन्सि अफ द इयर”को अन्तिम चरणमा ३ पटकसम्म मनोनयनमा परेको थियो र सन् २०१६ मा नेपालको लागि एकमात्र विजेता बन्न सफल भएको थियो।

यसका साथै धेरै अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि विभिन्न पुरस्कारहरु जित्दै आएको छ।

यो साझेदारी गरेर आउटरिचले बिजनेस इन्साइट, डाटा इन्‌रिचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरुको मानसिकता बुझ्न र डिजाइन डाटा–ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजिज तय गर्न मद्दत पुग्नेछ।

यो साझेदारीका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्दै एडिए बंगलादेशका प्रबन्ध निर्देशक असरफ उल हकले भने, ‘मलाई विश्वास छ आउटरिचसँगको यो सहकार्यले युनिक डाटा र एनलाइटिक्स ड्रिभन सोलुसन प्रदान गर्न मामदत पुर्याउने छ। यसले संगठनको रुपमा हाम्रो क्षितिजहरुलाई फराकिलो बनाउँदै डाटा बेस्ड बिजनेस सोलुसनको आधार खडा गर्ने छ।’

यही साझेदारीको विषयमा मन्तव्य राख्दै आउट रिच नेपालका संस्थापक प्रबन्ध निर्देशक उजय शाक्यले भने, ‘हामी नेपालमा इन्नोभेटिभ एडभर्टाइजिङ्ग र ब्राण्ड मार्केटिङ प्राक्टिस सुचारु गर्ने एजेन्सी भएकोमा गर्व गर्दछौँ र त्यही परम्परालाई कार्यरत गर्दै एडिएसँग साझेदारी गरेर डाटा र एनलाइटिक्स ड्रिभन स्ट्राटेजिक एप्रोचको सुरुवात गर्दैछौँ। यसले ब्राण्डहरुका लागी बजारीकरण र व्यापारिक लक्ष्य हासिल गर्नमा मद्दत गर्नेछ। साथै यसले हाम्रा युवा पुस्ताहरु जो बढी डिजिटल मैत्री छन् उनीहरुलाई पनि विज्ञापनको क्षेत्रमा आउन आकर्षित गर्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?