Comments Add Comment

कुन-कुन जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ?

९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सक्रिय संक्रमित ५०० भन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताए ।

असार १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ४३ थियो । तर बुधबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ३६ मा झरेको छ ।

पौडेलका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा छन् । यसैगरी गोरखा, नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अझाममा पनि सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १४ रहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उदयपुर, संखुवासभा, पाँचथर, सप्तरी, रौतहट, सर्लाही, रामेछाप, कास्की, लमजुङ, पर्वत, तनहुँ, गुल्मी, अर्घाखाँची, रोल्पा, दैलेख, सल्यान, रुकुम पश्चिम, जुम्ला र डोटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment