Comments Add Comment

बारामा चट्याङ लागेर एकजनाको मृत्यु, दुइ घाइते

९ असार, वीरगञ्ज । बारामा चट्याङ् लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेका छन् ।

चट्याङ लागेर गम्भिर घाईते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ । यस्तै अन्दाजी ६० वर्षीया शान्ति देवी र २४ वर्षीय सहमुदीन अन्सारी सामान्य घाइते भएका थिए । जिल्ला अस्पताल कलैयामा उपचारपछि उनीहरु घर फर्किएका छन् ।

बुधबार ६ बजे स्थानीय बिसुनदयाल ठाकुरको घर अगाडी चट्याङ खसेको थियो । ठाकुरको घरको पिँढीमा बसिरहेका उनीहरुलाई झिल्को उछिट्टिएर लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment