Comments Add Comment

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि गयो बालकको ज्यान

१० असार, जनकपुरधाम । इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् ।

सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्स मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका थिए । छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।

मलंगवा नगरपालिका वडा नम्बर ११ गम्हरिया निवासी सद्दाम अन्सारीका  ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment