Comments Add Comment

दुई भिन्न किसिमका खोप लगाउँदा बढी प्रभावकारी हुन्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन : डब्ल्यूएचओ

१० असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले पहिलो मात्रा एस्ट्राजेनेका (कोभिशिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार पुष्टि भइनसकेको बताएको छ ।

डब्ल्यूएचओले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान भइरहेको भन्दै गलत सूचनाले जनताकाे स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने बताएको छ ।

‘दुई भिन्न किसिमको खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन् । भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् । एस्ट्राजेनेका (कोभिशिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ’ विज्ञप्तिमा भएिको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment