+
+
Shares

‘बेहुली’ को कमाइ २ करोड नाघ्यो : आजदेखि अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वमा पनि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘बेहुली’ ले पहिलो साता २ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ र दोस्रो सातामा प्रदर्शन जारी राखेको छ।
  • वितरक गोविन्द शाहीले फिल्मले प्रदर्शनरत अन्य फिल्मभन्दा उच्च शोज पाएको बताएका छन्।
  • फिल्म शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा पनि प्रदर्शनमा आएको जनाइएको छ।

काठमाडौं । फिल्म ‘बेहुली’ ले पहिलो साता सुखद ब्यापार गर्दै शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शनलाई निरन्तरता दिएको छ । निर्माता अर्जुन पोखरेलका अनुसार अहिलेसम्म फिल्मले २ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यद्यपि, फिल्मको औपचारिक कमाइ भने चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गर्नेछ । फिल्मले प्रदर्शनरत अन्य फिल्मभन्दा उच्च शोज पाएको वितरक गोविन्द शाही बताउँछन् ।

फिल्म चलिरहँदा कलाकार पारस बम र दिब्या रायमाझी विभिन्न ठाउँमा पुगेर दर्शकलाई भेटिरहेका छन् । नेपालगञ्ज पुगेका कलाकारले त्यहाँ दर्शकलाई भेटिरहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको छ ।

यसैबीच, यो फिल्म शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशमा पनि प्रदर्शनमा आएको जनाइएको छ । फिल्मले नेपाली समाजको यथार्थ, युवायुवतीको मनोभावना र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको जनाइएको छ ।

फिल्ममा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ लगायतको अभिनय छ । फिल्मलाई माधव शर्माले लेखेका हुन् भने सशान कँडेलले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?