+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १५:३९

१० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । गत वर्षको भन्दा महानगरको बजेट ६५ करोडले बढी छ । गत वर्ष महानगरले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षका लागि हरेक २९ वटा वडालाई १ करोड ७० लाखका दरले २९ वडालाई एकमुष्ठ बजेट ४९ करोड ३० लाख उपलब्ध गराउने भएको छ । शिक्षा विकासमा १२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । महानगरका मर्मत गर्न आवश्यक देखिएका सडकहरूलाई तत्कालै मर्मत गर्न ६ करोड बजेट विनियोजन गरेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले १ करोड ९० लाख विनियोजन गरेको छ । स्वास्थ्यतर्फ ९ करोड, सहकारी तथा रोजगारी प्रबर्द्धनमा ३ करोड ५० लाख, कृषि तथा पशुपन्छी विकासमा ८ करोड ७० लाख, युवा तथा खेलकुदमा ३ करोड बजेट विनियोजन गरिएको छ ।

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बिमा कार्यक्रमलाई निरन्तरता दिने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न ८ करोड बजेट विनियोजन गरिएको छ।

नगरसभामा महानगर प्रमुख रेनु दाहालले महानगरको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?