Comments Add Comment

राष्ट्रियसभाको अधिवेशन असार १७ गते आह्वान

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।

सरकारले  असार १० गते राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रिय सभाको अधिवेशन २०७७ पुस २६ गते अन्त्य भएको थियो ।

संसद अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण ६ महिना पुग्नुभन्दा करिब १० दिनअघि असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान भएको हो । राष्ट्रिय सभा भने विघटन नहुने संवैधनिक व्यवस्था छ ।

आह्वान भएको राष्ट्रिय सभा अधिवेशन कति समय चल्छ यकिन छैन । विगतको अभ्यास हेर्ने हो भने पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर बोलाइएको राष्ट्रिय सभा जम्मा १० दिन चलेको थियो । १० दिनमा चार बैठक बसेर, सात घन्टा पाँच मिनेट छलफल गरेर अधिवेशन अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment