Comments Add Comment

खैरहनी नगरपालिकाको बजेट ९० करोड ७२ लाख

१० असार, चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७० लाखको बजेट सार्वजनिक गरेको छ । बिहीबार खैरहनी नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख सुनिता थपलियाले बजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेट अनुसार कुल खर्चमध्ये चालुतर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगततर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ८५ लाख रुपैयाँ छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरिक आय १४ करोड ६५ लाख रहेको बताइन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड, संघीय सरकारको सशर्त अनुदान २३ करोड ६८ लाख, संघीय सरकार समानीकरण अनुदान १७ करोड २० लाख, संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख, संरक्षित वन रोयल्टीबाट ३० लाख, संघीय सरकारको विशेष अनुदानबाट १ करोड २५ लाख आम्दानी हुने नगरपालिकाले जनाएको छ ।

यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट ३ करोड ६१ लाख, प्रदेश सरकार समानीकरण अनुदान १ करोड ४९ लाख, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने रकम ५ करोड ९८ लाख रुपैयाँ हुने नगरपालिकाले जनाएको छ ।

यसैगरी प्रदेश सरकार समपूरक अनुदान १ करोड ४९ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख, तरकारी तथा फलफूल मूल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको बैंक मौज्दात १० करोड गरी कुल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ ।

खैरहनी नगरपालिकाले पूर्वाधार विकासमा सबैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड ८१ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले बताइन् ।

आर्थिक क्षेत्रका कार्यक्रम सञ्चालनका लागि कुल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै सामाजिक विकास क्षेत्रको कार्यक्रम सञ्चालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रस्तुत बजेट बिहीबार नै नगरसभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment