Comments Add Comment

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन

१० असार, काठमाडौं । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले बताए ।

‘कोभिडका कारण झण्डै डेढ महिना उहाँ अस्पताल बस्नु भयो, तर पछि रिपोर्ट नोगेटिभ आए पनि शरीरिका महत्वपूर्ण अंगले काम गर्न छोडेको जानकारी अस्पतालले गराएको छ,’ महासचिव तुलाधरले भने ।

२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए । श्रेष्ठको परिवारमा पत्नी, दुई छोरा र एक छोरी छन् । उनको आजै अन्त्यष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment