Comments Add Comment

कूटनीतिसम्बन्धी ग्लोबल सम्मेलन हुँदै

१० असार, काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्जेमेन्टले कूटनीति सम्बन्धी तीन दिने सम्मेलन आयोजना गर्ने भएको छ । शुक्रबार शुरु हुने सम्मेलन आइतबार सम्पन्न हुनेछ ।

नेपाललाई विश्वमञ्चमा अझ धेरै परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ४० भन्दा बढी देशबाट दुई भन्दा बढी विभिन्न विधाका विज्ञ, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखहरु र सुरक्षाविद सहभागी हुनेछन् ।

कोरोना महामारीका लागि कार्यक्रम भर्चुअल माध्यमले हुनेछ । कार्यक्रमलाई विभिन्न देशका विदेशमन्त्रीहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा उपस्थित विज्ञहरुले नेपालको विदेश नीति, भारत र चीनको विदेश नीति, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी तथा सहयोग, नेपालको भारत र चीनसँगको सम्बन्ध, सिलिगुडी करिडोरको सुरक्षा, इन्डो प्यासिफिक रणनीतिको भविष्यलगायतका विषयमा बोल्नेछन् ।

चीनको उदय, एसियाको उदय, सफ्ट पावर र सार्वजनिक कूटनीति, आणविक निशस्त्रीकरण, हतियार नियन्त्रण, वाइडेन प्रशासन अन्तर्गत अमेरिकी विदेश नीति, सार्क र बिमस्टेक, अन्तर्राष्ट्रिय सम्बन्धमा अन्तरदेशीय बसाइसराइमा महामारीको प्रभाव लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment