+
+

रेसुङ्गा नगरको बजेट झण्डै ६२ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते २१:०६

१० असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि ६१ करोड ९० हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगरप्रमुख डिल्लीराज भुसालले प्रस्तुत गरेको बजेटमा आर्थिक क्षेत्रतर्फ ४ करोड ७७ लाख ४४ हजार, सामाजिक क्षेत्रतर्फ २५ करोड २२ हजार, पूर्वाधारतर्फ १८ करोड २ लाख ५० हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड १८ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड २ लाख ७४ हजार रुपैयाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ ।

बजेटमा कोरोना रोकथाम तथा न्यूनिकरण, स्वास्थ्य तथा पोषणलाई प्राथमिकता दिइएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकाले कुल ८४ करोड ४ लाख ९९ हजार ४ सय ७६ को बजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?