 
																			११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।
त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।
त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।
यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु
| क्र.सं. | पद | नाम | स्थानीय तह | 
|---|---|---|---|
| १. | प्रमुख | रिना कुमारी साह | मौलापुर न.पा. रौतहट | 
| २. | प्रमुख | सियाराम कुशवाहा | कटहरिया न.पा. रौतहट | 
| ३. | उप्रमुख | परनिया देवी | देवाही गोनाही न.पा. रौतहट | 
| ४. | उप्रमुख | गौरिशंकर प्रसाद | मैलापुर न.पा. रौतहट | 
| ५. | उप्रमुख | कान्ति देवी | फतुवाविजयपुर न.पा. रौतहट | 
| ६. | उपप्रमुख | सिमल कुमारी साह | माधवनारायण न.पा. रौतहट | 
| ७. | उपाध्यक्ष | गितादेवी साह | यमुनामाई गा.पा. रौतहट | 
| ८. | नगर का.पा. सदस्य | सतमीलाल दास ताती | लहान न.पा. सिरहा | 
| ९. | अध्यक्ष | शेष फारुक | सम्सी गा.पा. महोत्तरी | 
| १०. | उपप्रमुख | छायाँ देवी देवकोटा | भजनी न.पा. कैलाली | 
| ११. | वडाध्यक्ष | भागिरथी विष्ट | गौरीगंगा न.पा.–४, कैलाली | 
| १२. | वडाध्यक्ष | शर्मानन्द भट्ट | गोदावरी न.पा.–१, कैलाली | 
| १३. | वडाध्यक्ष | पुरन विसी | बर्दगोरिया न.पा.–४, कैलाली | 
| १४. | वडाध्यक्ष | सुरेश कुमार थापा | चम्पादेवी गा.पा.–७, ओखलढुंगा | 
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4