Comments Add Comment

होटेल व्यवसायीले गरे महानगरपालिकाको बजेटको स्वागत

११ असार, काठमाडौं । होटेल व्यवसायीले काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेका छन् । महानगरपालिकाको नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट उपलब्ध गराएकोमा व्यवसायीले स्वागत गरेका हुन् ।

कोभिड-१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा र्फकन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड-१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको होटेल संघ नेपाल (हान)ले बताएको छ ।

काठमाडौं महानगरपालिकाले व्यवसायीको माग अनुसार चालु आवमा ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको छ । कोभिड-१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा र्फकन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण र सम्वर्द्धनका लागि आव २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट दिएको छ । यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ नेपाल काठमाडौं महानगरपालिकाप्रति विश्वस्त रहेको जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment