+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९१ बलमा ८९ रन आवश्यक
विराटनगर किंग्स 2025
59/0 (4.5)
Shares

सिद्धार्थनगरको बजेट १ अर्ब १८ करोड, सुत्केरी भेट कार्यक्रमलाई २५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १४:५७

११ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले केही नौला कार्यक्रमसहित एक अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर उपप्रमुख उमा काफ्लेले बिहीबार नगरसभामा बजेट पेश हुन् ।

गर्भवती तथा सुत्केरी आमाहरूसँग उपप्रमुखको कोसेली भेट कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । ‘गर्भवती अवस्थामा महिला र बच्चाको स्वास्थ्यलाई प्राथमिकता दिई स्वस्थ बच्चा जन्माउनका लागि यस्तो कार्यक्रम सुरु गरिएको हो,’ नगर उपप्रमुख काफ्लेले भनिन् ।

यस्तै सिद्धार्थनगरलाई बाह्रै महिना फूल फुल्ने शहरको रुपमा विकास गर्न ‘एक वडा एक उद्यान पार्क’ को नीति अनुसार ३० लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

चालुतर्फ ४८.४४ प्रतिशत र पूँजीगततर्फ ५१.५६ प्रतिशत हुने गरी विनियोजन गरिएको बजेटमध्ये आन्तरिक आयस्रोतबाट १९ करोड संकलन गर्ने लक्ष्य छ । बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, नगरपालिकाले राजस्व बाँडफाँडबाट प्राप्त गर्ने बजेटमा उल्लेख छ ।

बजेटको २७ प्रतिशत सामाजिक विकासतर्फ, ४१ प्रतिशत पूर्वाधार विकासतर्फ, २१ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक र सुशासनतर्फ, ८ प्रतिशत आर्थिक विकासतर्फ  र ३ प्रतिशत वातावरण तथा विपद् व्यवस्थापनतर्फ खर्च हुने अनुमान गरिएको छ ।

बजेटमा कोभिड–१९ आपतकालीन कार्यक्रमका लागि ३० लाख, कोभिड–१९ लगायत आकस्मिक महामारी व्यवस्थापनमा स्वास्थ्यकर्मी परिचालन तथा प्रोत्साहनका लागि १२ लाख, कोभिड–१९ लगायत विभिन्न रोगहरुबाट बचावट गर्न सुरक्षा सामग्री लगायत खरीदतर्फ १० लाख विनियोजन छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना तथा सञ्चालनका लागि २५ लाख, स्वास्थ्य संस्था तथा खोप केन्द्र विस्तार एवं व्यवस्थित गर्न  १० लाख रुपैयाँ विनियोजन भएको छ ।

स्वास्थ्यतर्फको सशर्त अनुदान ४ करोड ७६ लाख आएकोमा आधारभूत तथा आकस्मिक सेवाका लागि औषधि र स्वास्थ्य सुरक्षा सामग्रीको लागि १९ लाख, मातृ तथा नवशिशु (आमा सुरक्षा) कार्यक्रमका लागि ३ करोड ३० लाख विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?