Comments Add Comment

श्रीलंकाका विदेशमन्त्री भन्छन्- नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन चाहन्छौं

११ असार, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री दिनेश गुनवार्देनाले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कूटनीति सम्बन्धी एक सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालबीचमा लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको र त्यसलाई अझ सुदृढ बनाउन चाहेको बताए । उनले भने, ‘श्रीलंका नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको छ ।’

विदेशमन्त्री गुनवार्देनाले जलवायु परिवर्तन र अन्य विषयमा नेपालले गरिरहेको प्रगतिको प्रशंसासमेत गरेका छन् । जलवायु परिवर्तनको विषयमा सबै मुलुकहरुबीच सहकार्य हुनुपर्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment