Comments Add Comment

‘बेरोजगार’ भन्नेलाई साहरुखको यस्तो जवाफ

बलिउडका नायक साहरुख खानको सन् २०१८ पछि नयाँ चलचित्र रिलिज भएको छैन । साहरुखले नयाँ चलचित्र ‘पठान’मा काम गरिरहेका छन् । तर, अझै पनि यो चलचित्रको आधिकारिक घोषणा गरिएको छैन ।

भारतमा दोश्रो चरणको कोरोना लहरका कारण यो चलचित्रको घोषणा हुन नसकिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसैविच, साहरुख खानले बलिउडमा प्रवेश गरेको २९ बर्ष भएको छ । २९ बर्षसम्म आफूलाई माया दिएको भन्दै उनले फ्यानलाई धन्यवाद पनि दिएका छन् । उनै, साहरुखले ट्विटरमा फ्यानसँग प्रश्नोत्तर गरेका छन् । फ्यानले सोधेका प्रश्नको साहरुखले निकै रमाइलो तरिकाले जवाफ दिने गर्दछन् ।

राजकुमार हिरानीसँग चलचित्रमा काम गर्न लागेको भन्ने एक फ्यानको प्रश्नमा साहरुखले लेखेका छन्–‘म उनलाई फोन गरेर आग्रह गर्न जाँदैछु । किनकी, उनी ढिलो सुत्छन् ।’

एक फ्यानले उनलाई हामी जस्तै तपाई पनि बेरोजगार हुनु भएको हो भनेर सोधेका छन् । जसमा साहरुखले लेखेका छन्–‘जसले केही पनि गर्दैनन्, उनीहरुले कमाल गर्छन् ।’

एक जना फ्यानले साहरुखलाई यो समयमा चलचित्र रिलिज हुन नसक्ने भन्दै कुनै डान्स नम्बर सार्वजनिक गर्ने हो कि भनेर सल्लाहा दिएका छन् । यसमा साहरुखले लेखेका छन्–‘अब त धेरै चलचित्र आउँदैछन् । यसैले, डान्स नम्बर अहिले नगरौं ।’

साहरुखले यो दशकमा आफ्ना धेरै चलचित्र रिलिज हुन लागेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment