+
+

रेडियो मेलम्चीलाई तारकेश्वर नगरपालिकाको सहयोग

रासस रासस
२०७८ असार ११ गते १९:३०

११ असार, काठमाडौँ । संरचना बस्ती सुधार समिति, तारकेश्वर नगरपालिका–६, काठमाडौंले रेडियो मेलम्ची पुनः सञ्चालनका लागि शुक्रबार रु. एक लाख १ हजार १ सय ११ सहयोग गरेको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले रु. ५० हजार सहयोग हस्तान्तरण गरेको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख अर्यालले नगरपालिकाका बाढी प्रभावितका लागि हालसम्म गरिएको कामबारे जानकारी दिए । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले संकटका बेला पनि सूचना प्रवाह गरिरहेको रेडियो मेलम्चीलाई पुनः स्थापना गर्न महासंघले सहयोग गर्ने वचन दिए ।

तारकेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष मधु कार्कीले रेडियोलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गए। संरचना वस्ती सुधार समितिका सल्लाहकार पदमबहादुर खड्काले जिल्लामा रहेर निरन्तर सञ्चार कर्ममा लागिरहेको रेडियो मेलम्चीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले रेडियोले हालसम्म व्यहोरेका संकट उल्लेख गर्दै रेडियो बाढीले पूर्णतः क्षति भएकाले पुनः स्थापनाका लागि सबैमा सहयोगका लागि आह्वान गरे ।

महासंघका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बाढी प्रभावित महासंघका सदस्य तथा पूर्वअध्यक्ष महेश श्रेष्ठलाई राहतस्वरुप रु. ५० हजार सहयोग हस्तान्तरण गर्नुभयो । अर्का सदस्य जगन्नाथ दुलाललाई पनि सहयोग गर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?