+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

माओवादीबाट जितेका गाउँपालिका अध्यक्ष एमालेको जिल्ला सचिव

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १२ गते १३:३४

१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा सचिव मनोनित गरेकी छन् । जसमा पर्साको अध्यक्षमा प्रभु हजरा र सचिवमा मनोज गुप्ताको नाम छ । हजरा पहिला पनि अध्यक्ष नै थिए ।

अध्यक्ष गुप्ताले आफूले पार्टी परित्याग गरेको स्वीकार गरे । ‘सर्वोच्च अदालतको (एमाले र माओवादी अलग हुने) फैसलापछि मेरो लाइन एमालेतिर गयो,’ उनले भने, ‘पद जनताले दिएको हो, पदमा नभए पनि जनताको सेवा गर्छु । यसबाट म बिचलित छैन । जनताको विश्वास जित्न सके ढिलोचाँडो फेरि पदमा पुगिन्छ ।’

स्थानीय तह निर्वाचन २०७४ मा गुप्ता दुई हजार ८५१ मत प्राप्त गर्दै विजयी भएका थिए । निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार इन्द्रासन साहले २ हजार ६९४ मत पाएका थिए ।

नेकपा एमालेले सप्तरीमा ताराकान्त चौधरी अध्यक्ष र देवनाथ यादवलाई सचिव, सिराहामा चन्देश्वर मण्डललाई अध्यक्ष र नविन यादवलाई सचिव, धनुषामा राज किशोर यादव राकेशलाई अध्यक्ष र तेजनारायण यादवलाई सचिवको जिम्मा दिएको छ । त्यस्तै महोत्तरीमा टेकबहादुर बलम्पाकी र सौखीलाल यादव सचिव तोकिएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कुनै जनप्रतिनिधिले पार्टी परित्याग गरेमा निर्वाचित भएको पद रिक्त हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?