Comments Add Comment

चुनावबाट मात्र मुलुकले निकास पाउँछ : उपप्रधानमन्त्री पौडेल

१२ असार, बुटवल । उपप्रधानमन्त्री विष्णु पौडेलले निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै अब तयारीमा जुट्नुपर्ने बताएका छन् ।

शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेको र अरु दलले सरकार बनाउन नसक्दा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको जिकिर गरे ।

अदालतमा यसबारे मुद्दामामिला चलेपनि लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने उनको तर्क छ । सरकारले निर्वाचनमा वाचा गरे अनुसार विकासका नयाँ नयाँ काम गर्न खोजेको तर अनपेक्षित दृश्य देखा परेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment