Comments Add Comment

दाङको टरिगाउँ विमानस्थलमा ल्याइयो तेल भण्डारण ट्यांकी

१३ असार, तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्यांकी ल्याइएको छ ।

एक महिना अगाडि भारतको मुम्बईबाट बाँकेको नेपालगञ्जस्थित भन्सार कार्यालयमा आइपुगेको सो ट्यांकी शनिबार दाङ ल्याइएको हो ।

विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्यांकी तथा आवश्यक उपकरण शनिबार आइपुगेको र अब जहाजमा इन्धन भर्न बाउजर सहितका उपकरण ल्याउन आवश्यक रहेको बताए ।

३० हजार किलोलिटर क्षमताको इन्धन डिपो निर्माण पाँच कठ्ठा जग्गा भाडामा लिइएको छ । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन कुमार श्रेष्ठले अब डिपो निर्माणका लागि काम छिट्टै सुरु हुने बताए ।

विमानस्थलमा इन्धन डिपो नहुँदा टरिगाउँ आउने जहाजलाई नेपालगञ्ज वा भैरहवा गएर तेल भर्नु पर्ने बाध्यता छ । तेल भर्ने समस्याकै कारण हवाई सेवा अनियमित र भाडा महँगो हुने गरेको छ । तुलसीपुरमै इन्धन भर्ने सुविधा भए हवाई सेवा अझ सहज हुने विश्वास गरिएको छ ।

टरिगाउँ विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमले दैनिक दुई उडान भर्दै आएको छ । हाल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञालाई कारण देखाउँदै हवाई सेवा रोकिएको छ ।

सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment