Comments Add Comment

व्यास नगरपालिकामा ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियान

१३ असार, तनुहँ । व्यास नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमार्फत छोरीलाई सम्मान कार्यक्रम ल्याएको छ । विशेष गरी नगरपालिकाभित्रका आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायलाई सो अभियानले समेट्ने छ  । बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, बोटे, दराई, कुमाल र चेपाङ समुदायका छोरीलाई सम्मान गर्दै विवाहमा आर्थिक सहयोग समेत गरिने नगरपालिकाले जनाएको छ ।

सीमान्तकृत समुदायको उत्थानका लागि छोरी सम्मान कार्यक्रम ल्याइएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । यसैगरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गरिने पनि उनले बताए । ‘स्वास्थ्य संकटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षाको लागि सहयोग गरिनेछ,’ उनले भने ।

‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीलाई पोषण सहयोग गर्ने कार्यक्रम पनि नगरपालिकाले तय गरेको छ । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानूनी उपचारको लागि सहयोग गरी उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलव्ध गराएर उच्च शिक्षा हासिल गर्न सहयोग पु¥याउने कार्यक्रम रहेको पनि सिग्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment