+
+

अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते मजदूरको उपचारका क्रममा मृत्यु

रासस रासस
२०७८ असार १३ गते १४:१०

१३ असार, संखुवासभा। संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका-४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।

कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिश गरिएको थियो ।

गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरिङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका –२ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए ।

कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?