Comments Add Comment

थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसारका सबेभन्दा धेरै काठमाडौंमा २९२,  सुनसरीमा १७१,  मोरङ १०४, ललितपुरमा १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्कीमा ८३, नुवाकोटमा ५८, चितवनमा ५५,  सुर्खेतमा ४३,  सिन्धुपाल्चोकमा ३९, काभ्रेपलाञ्चोकमा ३६, भक्तपुरमा ३२ , तनहुँमा २९, झापामा २६ र धादिङमा २५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीमा १८,  लमजुङ र बागलुङमा १७/१७ जना,  स्याङजामा १५,  दाङमा १४, दोलखा र कैलालीमा १३/१३ जना,  उदयपुर, धनुषा र सप्तरीमा ११/११ जना, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

१० वर्ष मुनिका ५० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने  ११ देखि २० वर्ष उमेर समूहका ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment