Comments Add Comment

एक महिनामा सेयर लगानीकर्ताले कमाए ३२ अर्ब

१३ असार, काठमाडौं । पछिल्लो एक महिनामा सेयर लगानीकर्ताहरुले ३२ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् । लगानीकर्ताको पुँजी ११ जेठको तुलनामा ११ असारमा ३२ अर्ब २१ करोड ३९ लाख रुपैयाँले बढेको हो ।

११ जेठमा सेयर बजारको बजार पुँजीकरण ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख रुपैयाँ रहेको थियो । ११ असारसम्म आइपुग्दा यो ३९ खर्ब ४९ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक पनि पछिल्लो एक महिनामा २० अंकले वृद्धि भएको छ । ११ जेठमा २ हजार ८ सय २३ दशमलव ०६ अंकमा रहेको नेप्से परिसूचक ११ असारमा आइपुग्दा २ हजार ८ सय ४३ अंकमा पुगेको छ ।

यस अवधिमा ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ अंकले वृद्धि भएको छ । यो अवधमिा सेन्सेटिभ इन्डेक्स ५०८ दशमलव ४९ रहेकोमा बढेर ५२५ दशमलव ६४ पुगेको छ । यद्यपि, यसबिचमा नेप्से परिसूचक ३ हजार माथि पुगेर तल झरेको थियो ।

३ हजार माथि पुगेको नेप्से परिसूचक नेपाल धितोपत्र बोर्डले विज्ञप्ति निकालेर ५१ कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण रहेको बताएको थियो । पछिल्लो हप्ताकोमात्रै तथ्यांक हेर्ने हो भने लगानीकर्ताहरुले २ खर्ब हाराहारीमा गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment