Comments Add Comment

धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असार, काठमाडौं । धरानका ८४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

यही असार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी ९ गते उपचारका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उच्च रक्तचापको समेत समस्या भएका उनको उपचारकै क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment