Comments Add Comment

उपत्यकामा २५ सिटमाथिका बस जोर बिजोर प्रणालीमा चल्ने

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।

हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ । उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा सोमबार मध्यरातदेखि सकिंदै थियो ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment