Comments Add Comment

इरान समर्थित लडाकुमाथि अमेरिकाको हवाई आक्रमण

१४ असार, काठमाडौं । अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अमेरिकाको रक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा गरिएको ड्रोन आक्रमणको जवाफी कारबाहीको रुपमा गरिएको बताएको छ ।
रक्षा मन्त्रालयले यो आक्रमणका लागि राष्ट्रपति जो बाइडनले आदेश दिएको बताएको छ । अमेरिकाले गरेको जुनसुकै आक्रमण पनि कानुनी दायरामा रहेर आत्मरक्षाको लागि गरेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन सत्तामा आएपछि इरान समर्थित लडाकुमाथिको अमेरिकाको यो दोस्रो हवाई आक्रमण हो । पछिल्लो केही महिनामा इराकस्थित अमेरिकी सेनाको शिविरमा बारम्बार ड्रोन आक्रमण हुँदै आएको छ । यद्यपि यो आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ ।

इराकमा करिब २५ सय अमेरिकी सैनिक छन् ।अमेरिकाको रक्षा मन्त्रालयले उक्त आक्रमणमा कति जनाको मृत्यु भएको भन्ने खुलाएको छैन । तर, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार उक्त आक्रमणमा पाँच लडाकु मारिएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार सो आक्रमणमा एक बालकको पनि मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

सन् २००३ मा अमेरिकाले आक्रमण गरेयता इराकमा निरन्तर इरानको प्रभाव बढ्दो छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment