+
+
Shares

बाढी प्रभावित बालबालिकाको शिक्षामा वर्षाको सहयोग अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १३:०६

सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र चनौटे बजार लगायका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण हजारौ मानिसहरु प्रभावित भएका छन् । बाढीका कारण कैयौं बालबालिकाको भविष्य समेत अन्यौलमा देखिएको छ । उनीहरुको शैक्षिक सत्र पनि विथोलिएको छ ।

तीनै बालबालिकाका लागि नायिका वर्षा सिवाकोटीले सहयोग अभियान सुरु गरेकी छिन् । वर्षाले अनलाइनखबरसँग भनेकी छिन्–‘धेरै बालबालिका कोभिड र प्राकृतिक विपत्तीका कारण अध्ययनबाट विमुख छन् । उनीहरुको भविष्य सुनिश्चित बनाउन मैले केही योजना अगाडि बढाएकी हुँ ।’

वर्षाले हालसम्म आफूले २ लाख रुपैयाँ जुटाइसकेको समेत बताएकी छिन् । अध्ययनबाट विमुख भएका बालबालिकाको हितमा यो रकम सहयोग गर्ने उनको भनाई छ ।
वर्षाले विभिन्न मानिसहरुबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा सही क्षेत्रमा लगानी गर्नु आफ्नो कर्तव्य भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?