Comments Add Comment

ओलीले भने– माधव नेपाल प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बाैलाहा कुकुरले टोकेको छ र ?

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् ।

७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

नेता नेपालले अहिले अध्यक्ष, त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने प्रचार गर्दै हिँडेको भन्दै एमाले अध्यक्ष ओली भने, ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो पूर्वतिर हुन्छ । तर सँगै हुन्छ ।’ प्रचण्ड कांग्रेसतिर लागेपछि माधव नेपाल पछिपछि लागेको उनको टिप्पणी थियो ।

Top Comment किशोर खनाल २०७८ असार १४ गते १७:२० छ छ वटा महत्वपूर्ण मुद्दामा सर्बोच्चले ओलीलाई हरायो, हिजो मात्र एउटा युबराज भन्नेलाई राजदूत बनाउन मिल्दैन भनेर फेरी अर्को मुद्दामा हराइदियो ! संसद बिघटन सम्बन्धिको बहसमा एकसे एक धुरन्दर अधिबक्ताहरुले तर्कपूर्ण बहस गरेर ओलीको संसद बिघटन पुनर्जीवित पार्ने निश्चित छ ! यसै कारणले ओली विक्षिप्त भए जस्तो छ ! कथं कदाचित संसद पुनर्स्थापना भयो भने दुनियालाई के मुख देखाउने यसले? संगै रास्ट्रपतिलाइ पनि इतिहास मै बद्नाम गरायो ! यी सबै सोचेर दिमाग खराब भएको होला मुखमा जे आयो त्यहि बर्बराउने थालेको जस्तो छ ! राजनीति जीवन समाप्त हुने तर्फ द्रुत गतिमा ओरालो लाग्दैछ यिनको ! दुइ तिहाइको प्र.म. हेर्दा हेर्दै चार जना मन्त्रीको हाकिम र एउटा सानो गूटको "अध्यक्ष" भएर बाँच्नु परेको यतार्थ सोचेरै दिमाग खराब भएको होला ! अब त यिनको सद्बुद्धि पलाएपनी धेरै ढिलो भैसक्यो ! यिनको सुस्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना बाहेक अरु राम राम मात्र भन्न सकिन्छ ! See All Add Comment

एमालेको वरिष्ठ नेता भन्ने, तर एमाले ध्वस्त पारेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको उनले बताए । राजनीतिका नाममा यस्तो अराजकता दुनियाँको कहीं नहुने भन्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल जत्तिको अराजक, अनुशासनहीन र इमान नभएको मान्छे अर्को नभएको टिप्पणी गरे ।

मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप

प्रधानमन्त्री ओलीले नेता नेपालमाथि मदन भण्डारीको इतिहास मेटाउन खोजेको आरोप लगाएका छन् । जिन्दगीभर मदन भण्डारीको विरोध गरेका उनले सोमबार जन्मजयन्तीको सन्दर्भमा वक्तव्य दिएको भन्दै ओलीले भने, वेसरमको पनि हद हुन्छ नि !’

२०६३ जेठ १ गते छलफल पत्रिकामा मदन भण्डारीबारे प्रकाशित माधव नेपालको लेखमा ‘हिमाल टाढाबाट हेर्दा राम्रो हुन्छ, कस्तो छ भन्ने नजिकै बस्नेलाई थाहा हुन्छ,’ ‘मदनका राम्रा–राम्रा कुरा मात्र गर्ने, कमीकमजोरीको चर्चा खोइ ?’ भनेको पढेपछि आफूले दृष्टिमा खण्डन छपाएको उनले स्मरण गरे ।

मदन भण्डारीका लेख प्रकाशित गरेकै कारण मदन–आश्रित फाउण्डसेनका अध्यक्ष बाचश्पति देवकोटालाई हटाएको, दासढुंगा दुर्घटनामा प्रयोग भएको गाडी संरक्षण गरौं भन्दा हतारहतार बनाएर प्रयोगमा ल्याउन खोजेको समेत उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment