Comments Add Comment

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने

१४ असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद् पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

संयुक्त संघर्ष समितिको सोमबार बसेको बैठकले असार १७ गते काठमाडौं उपत्यकामा  प्रदर्शन गर्ने निर्णय भएको उनले बताए ।

बैठकले विश्व विद्यालयमा देखिएका शैक्षिक समस्याको बारेमा असार १५ गते त्रिभुवन विश्व विद्यालयका उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment