Comments Add Comment

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

१४ असार , काठमाडौं । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।

हालका निर्देशक डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियुक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए ।

कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् ।

स्वाइन-फ्लु, डेंगु र एड्स रोगविरूद्व काम गरेका डा. बास्तोलाले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् ।

यो पनि पढ्नुहोस आपतकालका जब्बर डाक्टर अनुप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment