+
+
Shares

कालीगण्डकी परियोजनाविरुद्ध स्याङजाका ५ दल : भारतको दबाबमा हामीलाई विभाजित गर्न ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १८:५७

१४ असार, पोखरा। कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ दल एकै ठाउँमा उभिएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, जसपा र राष्ट्रिय जनमोर्चाले उक्त राष्ट्रघाती आयोजना भन्दै विरोध गरेका हुन् ।

विज्ञप्तिमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहु-उद्देश्यीय परियोजना अध्ययन र सरोकारवाला निकायसँग छलफल र परामर्शबिनै सीमित स्वार्थ र भारतको दबदबामा ‘कोठे’ सम्झौता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘यो परियोजना कालीगण्डकी जलाधार क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन लाई गम्भीर प्रभाव पारी विस्थापित गर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना सञ्चालन हुँदा निर्माण लागतभन्दा आर्थिक क्षति बढी हुने देखिन्छ ।’

उक्त योजना राष्ट्रिय हितमा नरहेको स्पष्ट हुँदाहुँदै पनि जबर्जस्ती कार्यालय स्थापना गर्ने कार्य बद्नियतपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त परियोजना विरुद्ध आफूहरु डटेर लाग्ने उनीहरुले बताएका छन् ।

कालीगण्डकी डाइभर्सन परियोजनाले नेपालीलाई पक्ष र विपक्षमा विभाजन गरी फसाएर भारतीय स्वार्थ पूर्ति गर्ने षड्यन्त्रको जालो हान्ने काम भएको उल्लेख गर्दै भनेका छन्, ‘कुनै पनि तर्कले कालीगण्डकी डाइभर्सन नेपालको हितमा नभएको निस्कर्षसहित यो राष्ट्रघाती परियोजनाको विरुद्धमा डटेर सामना गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।’

स्याङजा जिल्लाका कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना, माओवादी केन्द्रका अध्यक्ष शैलेन्द्र घिमिरे, नेकपा एमालेका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा अध्यक्ष श्याम ढकाल र राजमा अध्यक्ष राजेन्द्र गैरेले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

सोमबार नै कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा गण्डकी प्रदेश सरकारले सर्वपक्षीय बैठक डाकेको थियो । उक्त बैठकमा प्रदेशका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले यो आयोजना तत्काल रोक्न सरकारसँग माग गरेका थिए ।

असार १२ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त आयोजनाको कार्यालय बुटवलमा उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि गण्डकी प्रदेशबासी विरोधमा उत्रिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?