+
+
Shares

बाटो हिलाम्य, छेउमै मन्दिरको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १९:४८

१४ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ को सोनरा लवटोलियाको सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भएको छ । पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

तर वडाध्यक्ष जयकिशोर दासले सोमबार सोही सडक छेउमा मन्दिरको भने शिलान्यास गरेका छन् । तर सामान्य वर्षा हुँदासमेत हिलाम्य हुने तीन सय मिटरको उक्त सडक बनाउनेतर्फ चासो नदिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त स्थानमा शिव मन्दिर निर्माणका लागि चार लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

जीर्ण बनेर हिँड्न नमिल्ने बाटोलाई ध्यान नदिई मन्दिर शिलान्यास गर्नु ठीक नभएको देवराम यादवले बताए । स्थानीय सरकारले बाटोभन्दा मन्दिर, मस्जिद निर्माणप्रति ध्यान दिनु बिडम्बना भएको उनको भनाइ छ ।

वडाध्यक्ष दासले सडकको अवस्था जीर्ण रहेको भने स्वीकारे । हिलोका कारण १० मिनेटजति हिँडेर जानुपरेको उनले बताए । ‘पाइन्ट मोडेर हातमा चप्पल लिएर शिलान्यास गर्न जानुपर्‍यो,’ उनले भने, ‘सडकमा हिँड्न नसकिने अवस्था देखें । तर, वडाको बजेटबाट निर्माण गर्न नसकिने अवस्था छ ।’

‘गत वर्ष नै यहाँ शिव मन्दिर बनाउने योजना अनुरुप यो बजेट छुट्टयाइएको हो,’ वडाध्यक्ष दासले भने, ‘यस पटक बजेट दिएको होइन ।’ बाटो बनाउने बजेट वडामा नभएको भन्दै उनले यसका लागि अन्य निकायमा पहल गरिने बताए ।

मन्दिर बनाउने बजेटले सडकमा ग्राभेल हालल्न सकिन्थ्यो नि ? भन्ने जिज्ञासामा उनले गत वर्षकै योजना रहेकाले त्यसबाट यताउति गर्न नमिलेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?