Comments Add Comment

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाखसम्म जित्न सकिने

फोन पे पेमेन्ट सर्भिसले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ ।

साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्नेछन् । यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैयाँ र यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एकजनाले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

कम्पनीको अनुसार अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्नेछ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ ।

फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि।टु।वान प्रमाणीकरण प्राप्त संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment