Comments Add Comment
विचित्र :

यस्तो छ संसारकै सानो होटल, गुफामा लगेर खुवाउने

काठमाडौं । संसारमा एकसे एक विशाल तथा आलिशान होटलहरु छन् । कतिपय होटलहरु निकै भव्य र आश्चर्यचकित पार्ने खालका पनि छन् । एउटा यस्तै अनौठो खालको होटल छ जोर्डनमा ।

जोर्डनस्थित सो होटल संसारकै सबैभन्दा सानो होटल हो । त्यसलाई मिनी होटल पनि भनिन्छ ।

तपाईंलाई यो कुरा थाहा पाउँदा आश्चर्य लाग्ला कि संसारको सबैभन्दा सानो यो होटल कुनै भवनमा बनेको होइन । यो होटल कारभित्र बनाइएको छ ।

उक्त कारभित्रको संसारकै सानो होटलका मालिक मोहम्मद अल मालाहिम हुन् । आफ्नो भिन्टेज फक्सवागन बिटल नामक होटल संसारकै सबैभन्दा सानो र सबैभन्दा अनौठो होटल भएको उनको भनाइ छ ।

मालाहिमले सन् २०११ मा सो होटल सञ्चालनमा ल्याएका हुन् । उनको त्यो होटल ठूल्ठूला ढुंगाको बीचमा छ । त्यसैले उक्त होटलमा बस्न आउने मानिसहरुले निकै मनमोहक प्राकृतिक दृष्य हेर्न पाउँछन् ।

सो होटलमा गएर बस्ने धेरैको इच्छा हुन सक्दछ । तर यो होटलमा एक पटकमा केवल दुईजना मात्र पाहुना अटाउँछन् । त्यसैले जोडीका लागि यो होटल उपयुक्त हुन सक्दछ ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार उक्त होटलमा एक दिनको शुल्क ५६ डलर रहेको छ ।

उक्त भिन्टेज फक्सवागन बिटल होटललाई हातबुना विछौनाले सजाइएको छ । सो होटलमा बास बस्ने पाहुनाहरुका लागि नजिकैको एक गुफामा लगेर स्थानीय पेय पदार्थ अल मालाहिम तथा खानेकुराले सत्कार गरिन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment