 
																			१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।
उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन ।
काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर-बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन् ।
तस्वीर : आर्यन धिमाल

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4