Comments Add Comment

वन वाटिकामा ई–लर्निङ थिएटर सञ्चालन

१५ असार, बुटवल । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएटर स्थापना भएको छ । १६ फूट लम्बाई र ९ फूट चौडाइको स्क्रिन रहेको थिएटर करिब ४५ लाख रुपैयाँ लागतमा स्थापना भएको हो ।

विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटर यस क्षेत्रमै नयाँ परियोजना हो । यसले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण थप बढाउने विश्वास गरिएको छ ।

ठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न यो उपयोगी हुने विश्वास गरिएको छ ।

रोटरी क्लव अफ बुटवलले चीनबाट यो प्रविधिको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले यसले युवा पुस्तालाई नयाँ प्रविधिको विकासमा उत्प्रेरणा दिने र डिजिटल सिकाइका नयाँ प्लेटफर्मको विकास भएको बताए ।

रोटरी क्लव बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले पर्यटकीय स्थल वन वाटिकामा स्थापना भएको थिएटरले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताए । वन वाटिकामा यस अघि क्लबले ५० लाख बढी लगानीमा बाल रेल सञ्चालन गराएको कोषाध्यक्ष खेमनारायण पराजुलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment