+
+
Shares

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १६:२२

१५ असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमालाई त्यहाँको सर्वोच्च अदालतले १५ महिनाको जेल सजाय सुनाएको छ । उनी पदमा रहँदा भ्रष्टाचारको मुद्दामा सोधपुछको लागि अदालतमा उपस्थित हुन अस्वीकार गरेको आरोपमा उनलाई १५ महिनाको जेल सजाय सुनाइएको हो ।

दक्षिण अफ्रिकाको राष्ट्रपति हुँदा विभिन्न प्रकारका आरोप लागेका जुमा सन् २०१८ मा राष्ट्रपतिबाट हटेका थिए । व्यवसायीहरुले उनीमाथि अन्य नेताहरुसँग मिलेर षड्यन्त्र गरी निर्णय लिने प्रक्रिया प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।

जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको विषयमा चलिरहेको सोधपुछका लागि पहिलोपटक अदालतमा उपस्थित भएका थिए । तर, त्यसपछि उनले निरन्तर अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए । न्यायाधीश रायमन्ड जोन्डोको नेतृत्वमा रहेको सोधपुछ इजलासले यस विषयमा संवैधानिक अदालतलाई हस्तक्षेपको लागि आग्रह गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?