+
+
Shares

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्थानीयले सडकमै रोपे धान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १८:२०

१५ असार, सप्तरी । खेतमा धान रोप्दै मंगलबार देशभरि धान दिवस मनाइएको छ । तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का बासिन्दाले भने सडकमै धान रोपेका छन् ।

वर्षौदेखि जिर्ण रहेको कठौना–पातो सडक खण्ड मर्मत गर्नेतर्फ ध्यान नदिएको भन्दै नगरपालिकाको अमरलती चोकका बासिन्दाले सडकमै धान रोपेका हुन् । बर्षाको समयमा पैदल हिंडन पनि समस्या हुने भएकाले बिरोध स्वरुप सडकमै धान रोपिएको स्थानीयले बताएका छन् ।

पूर्व पश्चिम राजमार्गदेखि भारतीय सीमासम्म रहेको २० किलोमिटरको यो सडक बर्षादेखि जिर्ण रहेको छ । बर्षाको समयमा यस क्षेत्रका बासिन्दा बाहिर जान सक्दैनन् । ‘सडकको अवस्था दयनीय छ । हामीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं । तर, कसैले ध्यान नदिँदा हामीले बिरोध गरेका हौं’ स्थानीय देबकुमार साहले भने ।

उनका अनुसार बर्षाको समयमा कोही बिरामी पर्दा उपचारका लागि समेत जान सकिदैन् । बर्षा भएपछि सडकमा चिप्लो हिलो बन्दा कुनै पनि सबारी चल्न नसक्ने अवस्था आउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?