+
+

डाक्नेश्वरीका दुवै वडामा मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ९:१५

१६ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आज बिहानैदेखि मतदान सुरु भएको छ ।

नगरपालिकाको वडानम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि  मतदान सुरु भएको हो ।

दुवै वडाको ३ वटा मतदान स्थल र मा ५ वटा केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

वडानम्बर १ मा दुई हजार ६३५ र वडानम्बर ४ मा एक हजार २८१ मतदाता छन् ।

सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि भइरहेको उप-निर्वाचनमा १६ जना उम्मेदवार रहेका छन् ।

-विनय कर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?