News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरी निर्माण प्रगति र समस्याबारे जानकारी लिएका छन्।
- मन्त्री लम्सालले सुरुङमार्ग निर्माणलाई तिव्रता दिन निर्देशन दिएका छन् र समस्या देखिए मन्त्रालयमा जानकारी गराउन आग्रह गरेका छन्।
- सिद्धार्थ राजमार्गको सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजना हो र चीनको कम्पनीले २०८३ चैत्र भित्र निर्माण सक्ने गरी काम गरिरहेको छ।
२ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणधिण सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिए । साथै, निर्माणलाई तिव्रता दिन पनि उनले निर्देशन दिएका छन् ।
निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उनको आग्रह छ ।
मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडकविभागका महानिर्देशकसहित सुरुङमार्गको स्थलगत अनुगमनको लागी पुगेका हुन् ।
सिद्धार्थ राजमार्ग निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०८३ चैत्र भित्र निर्माण सक्नेगरी सुरुङमार्गको काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4