२१ मंसिर, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन् ।
स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा उनी बिहीवार पक्राउ परेका हुन् ।
डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ । पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
गत मंसिर १६ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4